Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति, सचिव अधिकारीको राजिनामा पनि स्वीकृत

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति, सचिव अधिकारीको राजिनामा पनि स्वीकृत

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

यसैबीच राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा दिएकोमा राष्ट्रपति पौडेलले मंसिर १० देखि लागू हुनेगरी स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो ।

उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077