Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यादव गत १६ असोजमा बसेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी थिइन् ।

यादव पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख, कांग्रेस पूर्वकोषाध्यक्ष, पूर्वशिक्षा मन्त्री, केन्द्रीय सदस्य पनि हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077