Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आईपीएलमा अहिलेसम्मकै महँगा खेलाडी बने ऋषभ

आईपीएलमा अहिलेसम्मकै महँगा खेलाडी बने ऋषभ

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । आईपीएल २०२५ का लागि मेघा अक्सनमा भारतका विकेटकिपर ब्याटर ऋषभ पन्तले आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडीको रेकर्ड बनाएका छन्।

उनलाई लखनउ सुपर जायन्टले २७ करोड भारूमा टोलीमा भित्र्याएको हो। उनलाई भित्र्याउन सुरुदेखि नै रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा चलेको थियो।

पछि बेंग्लोर पछि हट्दा लखनउ र सनराइजर्स हैदरावादबीच भिडन्त भयो। जसमा लखनउले २७ करोडको बोली लगाएर हैदरावादलाई पछि पारेको थियो।

त्यसको केहीबेरअघि कीर्तिमानी रकममा ब्याटर श्रेयर अय्यर पञ्जाब किंग्समा आबद्ध भए। उनलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारूमा टोलीमा भित्र्याएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077