Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्या समाधानको उपाय खोजेर कार्य अगाडि बढाउन निर्देशन दिएका छन् ।

गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

उनले छलफलमा समस्या समाधानको उपाय खोजेर कार्य अगाडि बढाउन निर्देशन दिए । प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन-कुन निकायबाट निर्णय हुनुपर्ने हो तत्काल गर्न निर्देशन दिएका थिए।

छलफलमा प्रधानमन्त्री ओलीले प्रक्रियागत झमेला, अदातली मुद्दामामिला, ढिलासुस्ती, अस्पष्ट योजना, स्रोतको सुनिश्चितता नहुने, न्यून बजेटजस्ता समस्याको समाधन खोज्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077