Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकारलाई आयोगले भन्यो - उपनिर्वाचन हुने क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउनू

सरकारलाई आयोगले भन्यो - उपनिर्वाचन हुने क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउनू

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले सम्बन्धित स्थानीय तह र वडा क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो ।

आइतबार बसेको आयोगको बैठकबाट बिदाको आग्रहसहितका निर्णय गरिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

यस्तै, मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदानस्थलका रूपमा कायम गरिएका सामुदायिक र निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अरू सार्वजनिकस्थलहरू उपनिर्वाचन प्रयोजनका निम्ति उपयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077