Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धितोपत्र बोर्डको अध्यक्षका लागि सन्तोष, मुक्तिनाथ र नवराजको नाम सिफारिस

धितोपत्र बोर्डको अध्यक्षका लागि सन्तोष, मुक्तिनाथ र नवराजको नाम सिफारिस

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको सिफारिस गरिएको छ ।

अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये सन्तोष श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।

सिफारिस समितिले आइतबार अध्यक्षका आकांक्षी अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अर्थ मन्त्रालयमा बोलाइएको थियो । तर, चापागाईं सहभागी भएनन् ।

सन्तोषनारायण र मुक्तिको गत असार २ गते नै अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो । आज अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागीमध्ये कार्कीको नाम भने सिफारिस भएको छैन ।

धितोपत्रसम्बन्धी ऐन २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ ।

सोहीअनुसार समितिले सिफारिस गरेका तीन जनाबाट मन्त्रिपरिषदले एक जना अध्यक्षका लागि छनौट गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077