Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आईपीएलमा कुन खेलाडी कतिमा भए खरिद बिक्री ?

आईपीएलमा कुन खेलाडी कतिमा भए खरिद बिक्री ?

सोमवार , मंसिर १०, २०८१

एजेन्सी । भारतका आक्रामक विकेटकिपर/ब्याटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

साउदी अरेबियाको जेद्दामा भएको मेगा अक्सनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा किनेको हो । यसअघि दिल्ली क्यापिटल्सको कप्तान रहेका उनलाई मेगा अक्सनअघि रिलिज गरिएको थियो ।

ऋषभ अघि श्रेयस अ्ययर महँगोमा बिकेका थिए । उनलाई पञ्जाव किङ्सले २६ करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले अघिल्लो संस्करण कोलकाता नाइट राइडर्सबाट खेलेका थिए ।

उनले अघिल्लो संस्करणका सर्वाधिक महँगा खेलाडी अस्ट्रेलियाका मिचेल स्टार्कलाई पछि पारेका थिए । स्टार्कलाई अघिल्लो संस्करणमा सनराइजर्स हैदरावादले २४ करोड ७५ लाखमा किनेको थियो । यस पटक उनलाई दिल्ली क्यापिटलले ११ करोड ७५ लाखमा किनेको छ ।

आइतबार बिक्री भएका खेलाडीमध्ये शीर्ष तीनमा भारतीय खेलाडी रहेका थिए । आइतबार तेस्रो सर्वाधिक महँगो खेलाडी वेङ्कटेस अ्ययर बने । उनलाई कोलकाता नाइट राइडर्सले २३ करोड ७५ लाख भारुमा पुनः समावेश गरेको हो । यस्तै अर्शदीप सिंह र युजभेन्द्र चहल १८ करोड भारुमा बिके ।

अर्शदीप र युजभेन्द्रलाई पञ्जाव किङ्सले टोलीमा अनुबन्ध गरेको हो । यस्तै गुजरात टाइटनले जस बटलरलाई १५ करोड ७५ लाख, दिल्ली क्यापिटल्सले केएल राहुललाई १४ करोड, राजस्थान रोयल्सले जोफरा आर्चरलाई १२ करोड ५० लाख, मुम्बई इन्डियन्सले ट्रेन्ट बोल्टलाई १२ करोड ५० लाख, रोयल च्यालेन्जर्सले जोस हेजलउडलाई १२ करोड ५० लाख, गुजरातले मोहमद सिराजलाई १२ करोड २५ लाख, दिल्लीले मिचेल स्टार्कलाई ११ करोड ७५ लाख, गुजरातले कागिसो रबाडालाई १० करोड ७५ लाख, हैदराबादले मोहमद सामीलाई १० करोड र रोयल च्यालेन्जर्स बेंग्लोरले लियाम लिभिङ्स्टोनलाई ८ करोड ७५ लाखमा खरिद गरेको छ । यस पटक केही खेलाडीमाथि पैसाको वर्षा हुँदा केही खेलाडीलाई भने कुनै टोलीले पनि किनेनन् ।

पहिलो दिन नबिकेका ९अनसोल्ड० चारमध्ये सबैभन्दा चर्चित खेलाडी अस्ट्रेलियाका डेभिड वार्नर हुन् । दुई करोड भारु सुरुवाती मूल्य तोकिएका उनलाई कुनै पनि टोलीले किनेनन् । वार्नरसँगै इङ्ल्यान्डका आक्रामक विकेटकिपर ब्याटर जोनी बेयरस्टोलाई पनि कुनै टोलीले बोली लगाएनन् ।

उनको पनि सुरुवाती मूल्य दुई करोड भारु राखिएको थियो । यस्तै दुई करोड भारु नै सुरुवाती मूल्य रहेका भारतका देवदत्त पाडिकल, ७५ लाख मूल्य तोकिएका वाकर सलामखेली र ३० लाख सुरुवाती मूल्य राखिएका अनमोलप्रित सिंह पनि बिकेनन् ।

मेगा अक्सनमा ५ सय ७७ खेलाडीलाई समावेश गरिएको थियो । जसमा ३ सय ६७ भारतीय र २ सय १० विदेशी खेलाडी छन् । मेगा अक्सनमा १० टोलीले बढीमा २ सय चार खेलाडीमाथि बोली लगाउनेछन् । जसमा ७० विदेशी खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077