Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धरहराबाट एनपीएलको ट्रफी अनावरण

धरहराबाट एनपीएलको ट्रफी अनावरण

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी धरहराबाट अनावरण गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

ट्रफीमा माथिल्लो भागमा कालापत्थरको ढुङ्गा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077