Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सञ्चालनमा आउन अझै दुई साता लाग्ने

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सञ्चालनमा आउन अझै दुई साता लाग्ने

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरहरुमा पसेको जनाएको छ ।

राहदानी विभागले सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कप्युटरमा भाइरस प्रवेश गरेको जनाएको हो ।

कप्युटरमा भाइरस प्रवेश गरेका कारण त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको राहदानी विभागले जनाएको छ । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने विभागले बताएको छ ।

राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ । विभागका अनुसा एक-दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ ।

भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077