Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

तोलामै १५ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामै १५ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ। भन्सार दर घटेपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो। सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो।

सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो। मन्त्रिपरिषद्को बैठकले १० प्रतिशत विन्दुले भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077