Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बीआरआई नेपालको हितमा छ, हामीले लाभ लिनुपर्छ : माधव नेपाल

बीआरआई नेपालको हितमा छ, हामीले लाभ लिनुपर्छ : माधव नेपाल

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजनवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ परियोजना बीआरआई नेपालको हितमा रहेको बताएका छन् ।

चीन भ्रमणबारे परामर्श लिनको लागि सिंहदरबारमा भएको छलफलमा पूर्वप्रधानमन्त्री नेपालले ओलीलाई बीआरआई नेपालको विरुद्धमा नभएको बताएका हुन्।

अध्यक्ष  नेपालले भने, ‘बीआरआई नेपालको हितको विरुद्धमा छैन । यसबाट नेपालले लाभ लिनुपर्छ । लाभ लिने विषयमा हामीले सबैसँग सम्बन्ध राख्ने गरेका छौं । वीआरआईसँग त हामी उहिले नै आवद्ध भइरहेका छौं ।’

बीआरआईलाई नेपालले पहिले नै स्वीकार गरिसकेको पूर्वप्रधानमन्त्री नेपालले बताए ।

त्यस्तै, अध्यक्ष नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिए ।

नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने बताए । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077