Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

भारत जाने परम्परालाई तोड्दै म पनि चीन भ्रमणमा गएकै हो : प्रचण्ड

भारत जाने परम्परालाई तोड्दै म पनि चीन भ्रमणमा गएकै हो : प्रचण्ड

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुन देश पहिला भ्रमणमा जाने भन्ने निर्णय प्रधानमन्त्रीको हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रधानमन्त्री र पूर्वप्रधानन्त्रीहरूको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमणमा गएको बताए।

पूर्वप्रधानमन्त्री प्रचण्डले भने, 'तपाईंहरूले बुझ्नु भएकै छ। परम्परादेखि चल्दै आएको पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको थिएँ ।'

अध्यक्ष प्रचण्डले आफूले पनि भारत भ्रमणको परम्परालाई तोड्दै पहिले चीन भ्रमण गरेको बताए। छलफलका क्रममा प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077