Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा

सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् । हज सोमबार नेपाल आइपुगेका हुन् ।

उनलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे । खेलाडीको भूमिकामा विश्व च्याम्पियन अष्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ ।

त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो ।

ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । अर्जुन र नरेन भने हाल यू-१९ टोलीमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077