Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एनपीएलको टिकट खुला : साधारण र भीआईपीतर्फको मूल्य कति ?

एनपीएलको टिकट खुला : साधारण र भीआईपीतर्फको मूल्य कति ?

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेलहरूको टिकट दर सार्वजनिक गरेको हो ।

क्यानका अनुसार, प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्ने छ ।

यस्तै, प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । प्रतियोगिताको फाइनलका निम्ति भने सामान्यतर्फ ५०० रुपैयाँ नै रहँदा भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । पूरा सिजनका लागि टिकट किन्दा २० प्रतिशत छुटको व्यवस्था छ । सिजनका लागि पास लिनुपर्दा साधारणतर्फ ४४८० र भीआईपतर्फ ८२४० रुपैयाँ तोकिएको छ।

टियु क्रिकेट मैदानमा मंसिर १५ गतेदेखि नेपाल प्रिमिय लिग हुँदैछ । प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077