Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईपीएल अक्सन : १३ वर्षीय वैभव १ करोड १० लाखमा बिके !

आईपीएल अक्सन : १३ वर्षीय वैभव १ करोड १० लाखमा बिके !

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । साउदी अरबको जेद्दामा आईपीएलको अक्सन जारी छ । जहाँ भारतका आक्रामक विकेटकिपररब्याटर ऋषभ पन्त आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

सोमबार ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा किनेको थियो । यस्तै अक्सनको दोस्रो दिन आज १३ वर्षीय वैभव सूर्यवंशी एक करोड १० लाखमा बिकेका छन् ।

राजस्थान रोयल्सले वैभवलाई १ करोड १० लाख बोली लगाएको हो । ३० लाखबाट सुरू भएको बोलकबोल १ करोड १० लाखमा टुंगिएको थियो।

वैभवलाई राजस्थान र दिल्ली क्यापिटलले मोल लगाएको थियो । उनले यु-१९ टेस्टमा छिटो सतक बनाउने कीर्तिमान कायम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077