Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सर्वोच्च अदालतको बोर्डमा कालो रं‌ग छ्याप्ने विनु यादव पक्राउ

सर्वोच्च अदालतको बोर्डमा कालो रं‌ग छ्याप्ने विनु यादव पक्राउ

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रं‌ग छ्याप्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने विनु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी बिनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फालेकी थिइन् ।

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए ।

अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077