Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दृष्टिविहीन टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो जीत

दृष्टिविहीन टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो जीत

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । दृष्टिविहीन टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ‌।

पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० विश्वकपमा  नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो ।

उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए । पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो ।

दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077