Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

क्रिकेटर स्नेहा महरालाई चैतन्य पाठशालाले गर्‍यो सम्मान, ५० हजार पुरस्कार दिने घोषणा

क्रिकेटर स्नेहा महरालाई चैतन्य पाठशालाले गर्‍यो सम्मान, ५० हजार पुरस्कार दिने घोषणा

मंगलवार , मंसिर ११, २०८१

धनगढी । कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले पूर्वविद्यार्थी तथा राष्ट्रिय क्रिक्रेट खेलाडी स्नेहा महरालाई सम्मान गरेको छ ।

मंगलबार विद्यालयले विहानी प्रार्थना सभाको अवसरमा आईसीसी यू-१९ महिला विश्व कपमा छनोट नेपाली महिला टोलीकी सदस्य स्नेहा महरालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै उनले आफुले विगतका दिनमा स्टोन ब्रिज हुँदा आफुले कक्षा नर्सरीदेखि लगनशील भएर यसै विद्यालयबाट कक्षा १० सम्मको अध्ययन गरेको र अध्यनसम्म विद्यालयले आफुलाइ यहाँसम्म पुर्याउन ठूलो योगदान दिएको बताइन् । यस्तै विद्यालयका प्रधानाध्यापक कटक बहादुर सिँहले स्नेहाको प्रशंसा गरे ।

उनले विद्यार्थीमा हुनु पर्ने लगन र मिहिनेत स्नेहामा रहेको बताए । जसकारण उनी आज यहाँसम्म पुगेको र यो सफलतामा आफुलगायत विद्यालय परिवार निकै खुशी भएको उनको भनाइ छ ।

प्रधानाध्यापक सिँहले स्नेहालाई ५० हजार नगद पुरस्कार दिने पनि घोषणा गरे । सो नगद पुरस्कार स्नेहालाई विद्यालयको वार्षिकोत्सव र वार्षिक अभिभावक दिवस समारोहमा दिइने छ ।

यो प्रतिष्ठित पुरस्कारको उद्देश्य खेलकुदमा उत्कृष्टतालाई प्रोत्साहित गर्ने र उत्कृष्ट खेलाडीहरूलाई चिनाउने रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077