Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

निर्वाचन आयोगले सरकारलाई भन्यो - कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउनू

निर्वाचन आयोगले सरकारलाई भन्यो - कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउनू

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने भएको छ ।

निर्वाचन आयोगको मंगलबारको बैठकले सो निर्णय गरेको हो ।

स्थानीय तहमा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपनिर्वाचनसम्बन्धित स्थानीय तहका सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन लेखी पठाउने आयोगले निर्णय गरेको बताइएको छ ।

स्थानीय तहको रिक्त प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष वा वडा अध्यक्ष पदको लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077