Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे, भने - भ्रमण सफल रह्यो

कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे, भने - भ्रमण सफल रह्यो

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । पाँचदिने कम्बोडिया भ्रमणमा रहेको सभामुख घिमिरे नेतृत्वको पाँच सदस्यीय टोली मंगलबार साँझ काठमाडौं आइपुगेको हो ।

कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट नेपाल आएको बताइएको छ ।

सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे । सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताए ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को ११औँ पूर्ण सत्रमा सहभागी हुन गएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077