Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

लामिछानेविरुद्ध एकपक्षीय ढंगले दोष थुपारियो, अनुसन्धानलाई प्रभावित पारेका छैनौँ : रास्वपा

लामिछानेविरुद्ध एकपक्षीय ढंगले दोष थुपारियो, अनुसन्धानलाई प्रभावित पारेका छैनौँ : रास्वपा

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई पार्टीले प्रभावित पार्न नखोजेको स्पष्ट पारेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रास्वपाले सो विषयमा स्पष्टीकरण दिएको हो ।

पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राख्ने कामको विरोध गरेको तर सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई प्रभावित पार्न नखोजेको बताए ।

कार्यवाहक प्रवक्ता झाले लामिछानेविरुद्ध राज्यले नै हुँदै नभएको कुरा बाहिर ल्याएको र एकपक्षीय ढंगले दोष थुपार्ने काम भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077