Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ६२ लाख पर्ने कार पुरस्कार पाउने

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ६२ लाख पर्ने कार पुरस्कार पाउने

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागेको घोषणा गरेका हुन् । एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले ओमोडा–ई ५ कार प्रदान गर्ने छ ।

‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई ओमोडाको नयाँ कार प्रदान गरिने एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले पुष्टि गरे । यसअघि पुरस्कारको रूपमा दिइने कारको नाम खुलाइएको थिएन ।

नेपालमा यसको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिता यही मङ्सिर १५ गते पर्सि शनिवारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ ।

पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दैछन् । प्रतियोगितामा यी दुई टोलीबाहेक काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077