Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग हार्‍यो

सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग हार्‍यो

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र फेयनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् । ३–० ले पछि परेको फेयनोर्डले खेलमा कमब्याकगर्दै सिटीलाई बराबरीमा रोकेको थियो ।

म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले २ र इके गुनडोगानले एक गोल गरे । त्यस्तै फेयनोर्डका लागि अनिस हाड मोउसा, सान्टीआगो गिमेनेज र डेभिड हानकोले एक एक गोल गरे ।

गएराति नै भएको खेलमा बार्यन म्युनिखसँग पीएसजी १–० गोलले पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077