Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्धय पौडेल र पाण्डेको इजलासमा

दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्धय पौडेल र पाण्डेको इजलासमा

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंंको रिट न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलामा परेको छ ।

प्रसाईंले दायर गरेको बन्दी प्रत्यीकरणको रिटको पेशी न्यायाधीश पौडेल र पाण्डेको संयुक्त इजलामा तोकिएको हो।

यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियो।

सोही आदेशअनुसार मंगलबार प्रहरीले प्रसाईलाई अदालत उपस्थित गराएको थियो।

साइवर अपराधको कसुरमा पक्राउ परेपछि प्रसाईंका छोरा निराजन प्रसाईंले गैरकानुनी रुपमा थुनामा राखेको दावी गर्दै शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दावी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए।

रिटमा गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं जिल्ला अदालत ववरमहललाई विपक्षी बनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077