Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

संविधान संशोधनलाई सडक छलफलको विषय नबनाऔं : महामन्त्री थापा

संविधान संशोधनलाई सडक छलफलको विषय नबनाऔं : महामन्त्री थापा

बुधवार , मंसिर १२, २०८१

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधान संशोधन सडकमा छलफल गर्ने विषय नभएको बताएका छन् ।

विराटनगर विमानस्थिलमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले सबै दलहरुसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताए।

संविधान संशोधनलाई सडकको छलफलको विषय बनाउन नहुने महामन्त्री थापाको भनाई छ । संविधान संशोधनबारे कांग्रेस र एमालेले साझा धारणा बनाएर अरु दलसँग पनि छलफल गरे अघि बढ्नुपर्ने महामन्त्री थापाले बताए ।

दुई दलबीच मिलेसम्मको साझा धारणा बनाएपछि संविधान निर्माणमा संलग्न भएका माओवादी, मधेशवादी सबै दलहरूसँग सौहार्दपूर्ण वातावरणमा छलफल गर्ने उनले बताए ।

महामन्त्री थापाले संविधान संशोधनको विषयलाई पक्षविपक्षभन्दा पनि संविधानको कार्यान्वयनको अनुभवबाट सिकेका कुराहरु, जसले संविधानलाई अझै कार्यान्वयन गर्ने सन्दर्भमा सकारात्मक हुन मद्दत पुर्‍याउँछ त्यसकै आधारमा प्रवेश गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077