Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कीर्तिपुर र काठमाडौं-१६ मा खटियो निर्वाचन अनुगमन टोली

कीर्तिपुर र काठमाडौं-१६ मा खटियो निर्वाचन अनुगमन टोली

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अनुगमन टोली खटाएको छ।

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन अनुगमन टोली खटाएको हो।

मंसिर २ गतेदेखि लागु भएको आचारसंहिताको पालना भए नभएकोबारे अनुगमनका लागि आयोगले दुई वटा ठाउँमा छुट्टाछुट्टै टोली परिचालन गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्।

काठमाडौं-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरीका एसपी दिगविजय सुवेदी, उपसचिव सीतापुन श्रीष र एसपी सञ्जयसिंह थापा खटिएका छन्।

कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा उपसचिव थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका एसपी अशोक न्यौपानेको टोली खटिएको छ।

त्यस्तै, आयोगले उपनिर्वाचनका लागि सबै ठाउँमा अनुगमन भइरहेको जनाएको छ। आचारसंहिताको उल्लंघन गरेमा उम्मेदवारी नै रद्द गर्न सक्ने पनि चेतावनी आयोगले दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077