Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

परराष्ट्रमन्त्री आरजु बिहीबार चीन भ्रमणमा जाने

परराष्ट्रमन्त्री आरजु बिहीबार चीन भ्रमणमा जाने

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबारदेखि चीनको औपचारिक भ्रमणमा जाने भएकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणाले मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछिन् । परराष्ट्रमन्त्री डा. राणा मङ्सिर १५ गते स्वदेश फर्कने कार्यतालिका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077