Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको चेतावनी - कार्य सक्षमता देखाउनुस्, नभए बदल्छु

मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको चेतावनी - कार्य सक्षमता देखाउनुस्, नभए बदल्छु

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्य सक्षमता नदेखाए बदल्ने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । उनले मन्त्रीहरूलाई कार्य सक्षमता देखाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूलाई ठोस योजना चाहिएको बताए ।

उनले भने, 'प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ ।'

प्रधानमन्त्री ओलीले आफूलाई ठोस योजना चाहिएको बताए । प्रधानमन्त्री ओलीले अब अल्याङ्टल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरूवा मात्रै नगरेर कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077