Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओली र फिनल्याण्डका मन्त्री ताभियोबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र फिनल्याण्डका मन्त्री ताभियोबीच शिष्टाचार भेट

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुईपीक्षय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

मन्त्री ताभियोले नेपालको जलविद्युत, फोहोरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरु तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए।

प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा मन्त्री ताभियोको नेपाल भ्रमण भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077