Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

च्याम्पियन्स लिगमा लिभरपुलसँग रियल मड्रिड पराजित

च्याम्पियन्स लिगमा लिभरपुलसँग रियल मड्रिड पराजित

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २–० गोलले पराजित गरेको हो ।

गएराति भएका अरु खेलमा एस्टन भिला र युभेन्ट्सले गोलरहित बराबरी खेलेका छन् । यस्तै बेनिफिकाले मोनाकोलाई ३–२ ले हराउँदा साख्तर डोनेत्स्क पनि पीएसभीसँग ३–२ ले पराजित भएको छ ।

यसैगरी सेल्टिक र क्लब ब्रुग्गीले १–१ गोलको बराबरी खेलेका छन् भने लिले ओलम्पिकले बोलोग्नालाई २–१ ले हराएको छ ।

यसअघि हिजोको खेलमा भीएफबी स्टुटगाट क्रेभेना जेभेज्दासँग र स्पोर्टिङ क्लब आर्सनलसँग समान ५–१ गोलले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077