Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा

सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्याण्डका स्कट कुगेलेइन र इंग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन् ।

दुवै खेलाडी बुधबार नेपाल आइपुगेका हुन् । उनीहरुलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरे ।

न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि-२०आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए ।

उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ ।
यसैगरी २६ वर्षीय बायाँ हाते अलराउन्डर जेबसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077