Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बाला चतुर्दशीमा पशुपतिमा बत्ती बाल्न २१ सय शुल्क !

बाला चतुर्दशीमा पशुपतिमा बत्ती बाल्न २१ सय शुल्क !

बिहिवार , मंसिर १३, २०८१

काठमाडौंं । बाला चतुर्दशी पर्वका अवसरमा नाम दर्ता गरेर पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार १०० का दरले शुल्क लिने भएको छ।

राति बस्न नसक्नेका लागि शुल्क लिएर बत्ती कुरिदिने व्यवस्थाका लागि शुल्क लिन लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। यो व्यवस्था रुद्रगाडेश्वरमा गरिएको छ ।

उनका अनुसार आफैँ बत्ती कुरेर बस्नेले भने कुनै पनि शुल्क तिर्नुपर्ने छैन। यो शुल्क बत्ती, पाला, तेल, संकल्प गराउने र कुर्ने व्यक्तिका लागि खर्च हुने उनले बताए।

बत्ती बाल्ने प्रयोजनका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराउने व्यवस्था मिलाएको कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077