Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पशुपति क्षेत्र विकास कोषले भन्यो - बाला चतुर्दशीमा बालबच्चा नल्याउनू

पशुपति क्षेत्र विकास कोषले भन्यो - बाला चतुर्दशीमा बालबच्चा नल्याउनू

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वका बेला बालबच्चाहरुलाई नल्याउन आग्रह गरेको छ ।

शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ-आफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको हो।

त्यस्तै, बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ।

दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ। नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले दुई हजार १०० रुपैयाँका दरले शुल्क लिएको छ।

भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही हुने भएको छ।

पशुपतिनाथको मेलाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077