Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हराएका २७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

हराएका २७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नँयाबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

बिहीबार बुझाइएका २७ ओटा सहित २१० ओटा सवारी साधन साउन महिनादेखि बिहीबारसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ।

चोरीका २२ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३२ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077