Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चन्दा असुल्न खोजेको आरोपमा श्रमिक पार्टीका संयोजकसहित दुईजना पक्राउ

चन्दा असुल्न खोजेको आरोपमा श्रमिक पार्टीका संयोजकसहित दुईजना पक्राउ

बिहिवार , मंसिर १३, २०८१

कैलाली । कैलालीमा श्रमिक कम्युनिस्ट पार्टी नेपालका जिल्ला संयोजकसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको बर्दगोरिया गाउँपालिकामा पुगेर सहयोग रसिद देखाएर चन्दा माग्ने क्रममा कैलाली संयोजक तथा अछामको तुर्माखाद गाउँपालिका-४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय मुक्तिराम गैरे पक्राउ परेका हुन् ।

गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेको भनी गुनासो आएपछि इलाका प्रहरी कार्यालय बौनियाको टोलीलाई दुवै जनालाई बिहीबार पक्राउ गरेको कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको प्रर्चा, पम्पलेटसहित ३ थान ठेली (नगदि रसिद) समेत बरामद गरिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा राखेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077