Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानस्थलमा समर्थकको नाराबाजी

रवि लामिछानेलाई काठमाडौं ल्याइयो, विमानस्थलमा समर्थकको नाराबाजी

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन रविलाई बिहीबार साँझ पोखराबाट विमानमार्फत काठमाडौं ल्याइएको हो ।

उनलाई काठमाडौं ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कडा सुरक्षा व्यवस्थाका बीच रविका समर्थकहरूले विमानस्थलबाहिर नाराबाजी गरेका थिए ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077