Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरी अस्पतालका ४ चिकित्सक एसएसपीमा बढुवा सिफारिस

प्रहरी अस्पतालका ४ चिकित्सक एसएसपीमा बढुवा सिफारिस

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूहमा चार जना चिकित्सकलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकले चारजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा डा.केदार खड्गी, डा.छन्द बहादुर बुढाथोकी, डा.पवन कुमार राय र डा. सुवर्ण कुँवर रहेका छन् ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची सार्वजनिक गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077