Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवन राइनोजमा अनुबन्ध भए विश्वविजेता सोहेल

चितवन राइनोजमा अनुबन्ध भए विश्वविजेता सोहेल

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली चितवन राइनोजले पाकिस्तानी क्रिकेटर सोहेल तनभिर अनुबन्ध गरेको छ ।

दक्षिण अफ्रिकाका क्रिकेटर मार्चन्ट डे लांग अभ्यासका क्रममा घाइते भएर एनपिएलबाट बाहिरिएपछि उनको स्थानमा तजभिरलाई अनुबन्ध गरिएको हो । उनको अनुबन्धले टिममा नयाँ ऊर्जा थपेको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले बताए ।

तनभिर पाकिस्तानले सन् २००९ को टि ट्वान्टी आई विश्व कप जित्दाको टोलीका महत्वपुर्ण सदस्य रहेका थिए । तनभिरले विश्वका चर्चित फ्रेन्चाइज लिगहरु खेलेका छन् । उनी पाकिस्तान सुपर लिग (पिएसएल) को विजेता समेत रहेका छन् ।

यस्तो छ चितवन राइनोजको टोली :

कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा र सोहेल तनभिर ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077