Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चीन भ्रमणमा प्रधानमन्त्री ओलीसँग ८७ जना जाने, ९ जना सांसद !

चीन भ्रमणमा प्रधानमन्त्री ओलीसँग ८७ जना जाने, ९ जना सांसद !

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका लागि ८७ सदस्यीय टोली सहभागी हुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ देखि २० गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको हो । भ्रमण टोलीमा निजी क्षेत्र, सांसद, परराष्ट्रमन्त्री, र विज्ञहरूको उपस्थिति रहनेछ ।

सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ भने निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन् ।

त्यसमध्ये ९ सांसद रहेका छन् । सांसदहरूमा अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्दर नाथ शुक्ला र रन्जिता श्रेष्ठ रहेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077