Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पशुपतिनाथमा पितृको सम्झनामा आज साँझ बत्ती बालिने

पशुपतिनाथमा पितृको सम्झनामा आज साँझ बत्ती बालिने

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशी। शुक्रबार पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन।

श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने गर्छन्। भोलिपल्ट (चतुर्दशी) बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ।

मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ। तर मातापिता दिवङ्गत भएको एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीजरोपण गर्न नहुने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।

सामान्यतया लगातार तीन वर्ष बत्ती बाल्ने र शतबीजरोपण गर्ने चलन छ। पहिलो वर्ष दियोमा, दोस्रो वर्ष मानामा बत्ती बाल्ने र तेस्रो वर्ष महादीप बालेर समापन गर्ने चलन चलेको देखिन्छ। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077