Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविसँग आजदेखि काठमाडौंमा बयान लिने तयारी

रविसँग आजदेखि काठमाडौंमा बयान लिने तयारी

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान आज काठमाडौंमा सुरु हुँदैछ।

लामिछानेलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंमा उनको बयान गरिन लागेको हो ।

स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जीबी राईसँग मिलेर ऋण लिएको पाइएको छ। पक्राउ पूर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी उनलाई पोखरा पुर्‍याइएको थियो ।

पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्याद थपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077