Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

असई कुशुवाहा बने कार्तिक महिनाको 'उत्कृष्ट ट्राफिक प्रहरी' !

असई कुशुवाहा बने कार्तिक महिनाको 'उत्कृष्ट ट्राफिक प्रहरी' !

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकर्णमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश कुशुवाहा कात्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन, ट्राफिक नियमको पालना र सडक सुरक्षाको सुनिश्चिततामा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको हो ।

उनलाई बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले सम्मानपत्र हस्तान्तरण गरे ।

कुशुवाहाले विभागीय नीतिहरूको पूर्ण पालन गर्दै आफ्नो पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको बताइएको छ । साथै, संगठनको गरिमा उच्च राख्दै ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

डीआईजी बोहराले कुशुवाहाको कार्यसम्पादनको प्रशंसा गर्दै, आगामी दिनहरूमा पनि अझ व्यवसायिक, कर्तव्यनिष्ठ, र उच्च मनोबलसहित कार्य गर्ने विश्वास गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077