Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसीसी यू-१९ एसिया कप : टस जितेर श्रीलंकाविरुद्ध बलिङ गर्दै नेपाल

एसीसी यू-१९ एसिया कप : टस जितेर श्रीलंकाविरुद्ध बलिङ गर्दै नेपाल

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा श्रीलंकाविरुद्ध टस जितेर नेपाले पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो।

राष्ट्रिय टिमबाट खेलिसकेका पेस बलर हेमन्त धामीको कप्तानीमा रहेको नेपाली टोली बुधबार यूएई पुगेको थियो ।

नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपाल गतवर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर एसिया कपका लागि छनोट भएको हो।

नेपाल रहेको समुह बी मा श्रीलंकासँगै बंगलादेश र अफगानिस्तान छन्। समुह ए मा भारत, पाकिस्तान, जापानसँगै आयोजक युएई रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077