Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सामाजिक सञ्जालमा अमर्यादित गतिविधि गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

सामाजिक सञ्जालमा अमर्यादित गतिविधि गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमा अमर्यादित गतिविधि गरे कारबाही चेतावनी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्‍याउने गतिविधि नगर्न चेतावनी दिइएको छ ।

सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न जोकसैलाई कानूनी कारबाहीको दायरमा ल्याउने मन्त्रालयले जाएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। जो कोही व्यक्तिले जहाँसुकै रहेर गरेरगराए पनि कानूनद्वारा वर्जित र दण्डनीय गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ।'

मन्त्रालयले मुलुकमा बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका आधारभूत सिद्धान्तहरूलाई सम्मान गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकता दिइएको बताएको छ ।

संविधानद्वारा प्रदत्त मौलिक हकको सुनिश्चिततामा मन्त्रालय प्रतिबद्ध रहेको भन्दै पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले जातीय, धार्मिक तथा सांस्कृतिक सुसम्बन्ध खलल पार्ने, गालीगलौज गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार र नैतिकताविपरीतका अभिव्यक्तिलाई कानूनले दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको स्मरण समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077