Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लरेन्स बिश्नोईको नाम लिएर व्यवसायीलाई धम्की दिने एक जना पक्राउ

लरेन्स बिश्नोईको नाम लिएर व्यवसायीलाई धम्की दिने एक जना पक्राउ

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । भारतको तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स बिश्नोईको नाम लिएर धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बिश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन । केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै सीआईबीमा केही व्यवसायीहरूले उजुरी दिएका थिए ।

बिश्नोई भारतमा पछिल्लो समय चर्चामा रहेका गुण्डा नाइके हुन्। उनी हाल भारतको जेलमा छन्। तर जेलभित्रैबाट उनले आफ्नो समूह परिचालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077