Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविको रिहाई माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

रविको रिहाई माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहँदा रास्वपाका नेता कार्यकर्ताले रविको रिहाई माग गर्दै माइतीघरमा  प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

उनीमाथि काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा बयान भइरहेको छ । बयान सकिएपछि रविलाई पुनः कास्की नै पठाइने काठमाडौं प्रहरीले जनाएको छ ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077