Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लरेन्स बिश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याउने दुर्गा प्रसाईंका सहयोगी पक्राउ

लरेन्स बिश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याउने दुर्गा प्रसाईंका सहयोगी पक्राउ

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । भारतको तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स बिश्नोईको नाम लिएर धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बिश्नोईको नाम लिएर धम्क्याउने एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाका हरिचन्द्र फुँयाल रहेका छन् । फुयालमाथि भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्क्याएको आरोप छ।

केही समयअघि चार जना व्यवसायीहरूले आफूहरूलाई धम्की आएको भन्दै उजुरी गरेका थिए। सोही विषयमा अनुसन्धान गरी प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनी दुर्गा प्रसाईंका सहयोगीसमेत रहेको सिआइबी स्रोतले बतायो । पक्राउ परेका फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने सिआइबीले जनाएको छ ।

प्रहरीको उजुरी पक्राउ पुर्जीका आधारमा पक्राउ परेका उनीविरुद्ध अब अदालतबाट पक्राउ पुर्जी जारी गराउने र म्याद थपको प्रक्रिया अघि बढाइको छ । केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077