Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यू-१९ एसिया कप : श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य

यू-१९ एसिया कप : श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । एसीसी यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको हो ।

श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए ।

चौथो विकेटका लागि लाकभिन अबेसिङगे र सारुजन सानमुगानाथनले ८७ बलमा ७९ रनको साझेदारी गरेपछि श्रीलंकाले चुनौतीपुर्ण योगफल तयार पारेको हो।

नेपालका नरेन साउदले अन्तिम ओभरमा लगातार दुई विकेट लिर्दै श्रीलंकालाई अलआउट गराए। नेपालका लागि सन्तोष यादव एक्लैले चार विकेट लिए। उनले आफुनो स्पेलमा ४५ रन खर्चे।

युवराज खत्रीले दुई विकेट झारे। हेमन्त धामी र नरेन साउदको नाममा समान एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077