Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

स्थानीय तह उपनिर्वाचन : दिउँसो २ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खस्यो

स्थानीय तह उपनिर्वाचन : दिउँसो २ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खस्यो

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो ।

निर्वाचन आयोगका अनुसार मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० प्रतिशत बढी मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ ।

यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077