Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सुदूरपश्चिममा ५७ प्रतिशत मत खस्यो

सुदूरपश्चिममा ५७ प्रतिशत मत खस्यो

आइतवार , मंसिर १६, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत मत खसेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार एक गाउँपालिकाको उपाध्यक्ष र चार वडा अध्यक्षका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ५७ प्रतिशत मत खसेको हो ।

उपाध्यक्षका लागि उपनिर्वाचन भएको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ५२.३१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

कुल सात हजार ४६० मतदाता मध्ये तीन ९०३ जनाले मतदान गरेको भट्टले बताए । जसमा दुई हजार जना महिला र एक हजार ९०३ पुरुष रहेका छन् ।

बझाङ सुर्मा गाउँपालिका–४ मा ७७ प्रतिशत मत खसेको छ । कुल एक हजार ५५४ मतदाता मध्ये एक हजार १९८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका–५मा ६८ प्रतिशत मत खसेको छ । यहाँ एक हजार २७२ मतदाता मध्ये आठ सय ७७ जनाले मतदान गरेका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा ५२ प्रतिशत मतदान भएको छ । एक हजार ५९३ जना मतदाता रहेकोमा आठ सय ३९ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077